Tune to BFM 91.2|Biratnagar

एक प्रधानाध्यापकको गोली हानी हत्या

विराटनगर ,२३ मंसिर । मोरङको मिक्लाजुङको एक प्रधानाध्यापकका गोली हानी हत्या गरिएको छ । मिक्लाजुङ १ को सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक ५४ वर्षीय राजेन्द्र श्रेष्ठको गोली हानी हत्या गरेको अवस्थामा आज विहान शव भेटिएको हो ।

स्थानयि बर्खेको जंगलमा भेटिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनुभयो । शव भेटिएको स्थान मृतकको घरदेखि करिब एक किलोमिटरको दुरीमा छ । मृतकको टाउकोमा गोली प्रहार भएको भेटिएको प्रहरीले जनाएको छ ।

बिहान सवा ६ बजेतिर ४/५ जनाको संख्यामा आएको विप्लव समूहका कार्यकर्ताले श्रेष्ठलाई घरबाट उठाएको सूचना आएको एसपी खड्काले जानकारी दिनुभयो ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button