Tune to BFM 91.2|Biratnagar

एक बालिकाको दुर्घटनामा मृत्यु

विराटनगर २६ पुस । मोरङको उर्लाबारीकी एक बालिकाको दुर्घटनामा परेर शनिबार साँझ मृत्यु भएको छ । को २० प ९७२७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उर्लाबारी नगरपालिका–८ की ७ वर्षीया अदीति ओझाको ज्यान गएको हो ।

उत्तरतर्फ जाँदै गरेको मोटरसाइकलले उर्लाबारी–५ स्थित भित्री पक्की सडक खण्डमा दिउँसो साढे ३ वजे बजेतिर ठक्कर दिँदा बालिका गम्भीर घाइते भएकी थिइन् । उनको उपचारका क्रममा साँझ साढे ७ बजेतिर विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा ज्यान गएको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्माले बताउनु भयो ।

मोटरसाइकल चालक उर्लाबारी–५ का ५० वर्षीय विनोद अग्रवाल पनि दुर्घटनामा सामान्य घाइते भएका छन् । घटनाको अनुसन्धान थालेको प्रहरीले आफ्नो निगरानीमा उर्लाबारीस्थित गोदावरी अस्पतालमा अग्रवालको उपचार जारी राखेर मोटरसाइकललाई भने नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button