एक युवाको मृत्यु

0
143

विराटनगर, २९ जेठ । डेरी उद्योगको गाडीले विराटनगर–रंगेली सडक खण्ड अन्तर्गत मोरङको धनपालथान गाउँपालिका–४ गदिया खोलाको पुलमा ठक्कर दिएर घाइते भएका अर्का युवाको पनि आज बिहान मृत्यु भएको छ । घाइते भएपछि न्युरो अस्पताल विराटनगरमा उपचाररत धनपालथान–४ का १५ वर्षीय मोहम्मद कैफको उपचारकै क्रममा मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताउनु भयो । दुर्घटनामा परेर अवस्था गम्भीर भएका कैफको टाउकाको शल्यक्रिया गरिएको थियो । झापाको मेचीनगर नगरपालिका–१३ इँटा भट्टामा रहेको एनएमसी डेरी उद्योगको दूध बोक्ने मे १ च ४६०९ नम्बरको पिकअप भेनले हिजो ठक्कर दिंदा तीन जना घाइते भएका थिए ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here