एक व्यक्ति मृत्त फेला

0
161

विराटनगर, २४ पुस । विराटनगर ११ स्थित पाञ्चालीमा आज विहान एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार पाञ्चलीस्थित आँप बगैँचामा करिव ६० वर्षीय हरि राम मृत अवस्थामा फेला परेका हुन् । विराटनगरको बखरीमा बस्दै आउनु भएका बासिन्दा हरिको शव बगैँचामा झुण्डिएको अवस्था भेटिएको र घटनालाई शंकास्पद रुपमा लिएर अनुसन्धान सुरु गरिएको वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी नरेन्द्र कार्कीले बताउनु भयो । डिएसपी कार्कीका अनुसार मृतक हरि विराटनगरमा बुहारी र नातीसँगै बस्दै आउनु भएको थियो । शवलाई पोष्टमार्टमका लागि कोसी अञ्चल अस्पताल लगिएको छ । सुनसरीको झुम्काका बासिन्दा हरि केहीसमयदेखि विराटनगरमा बस्दै आएको प्रहरीले जनाएको छ । बिहान मर्निङवाक गर्ने क्रममा स्थानीय बासिन्दाले झुन्डिएको अवस्थामा शव फेला परेपछि प्रहरीलाई खवर गरेका थिए । मृतकका दुई छोरा विदेशमा रहेको प्रहरीले जनाएको छ । यसैबिच मोरङको सुन्दर हरैचा–३ गछियामा गुट्खा खाँदा घाटीमा अड्किएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ३५ वर्षीय शर्मानन्द तिम्सिना रहेका छन् । सोमबार साँझ गुट्खा खादाँ घाटीमा अड्किएर तिम्सिनाको ज्यान गएको हो । गुटखा खाएर बिरामी भएका उनको उपचारको क्रममा विपी कोईराला स्वास्थ्य प्रतिष्ठानमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here