एक सातामा १० फरार प्रतिवादी पक्राउ

0
134

विराटनगर, ३ पुस । मोरङको इलाका प्रहरी कार्यालय रंगेलीले अदालतबाट विभिन्न मुद्धामा दोषी ठहर भए पनि फरार रहेका १० जनालाई एक साताको अवधिमा पक्राउ गरेको छ । जवरजस्ती करणी, लागूऔषध, बहुविवाह, चोरी र अंशवण्ड समेतका मुद्धामा दोषी ठहर भएका विभिन्न प्रतिवादीलाई पक्राउ गरेर जिल्ला अदालत मोरङमा बुझाएको हो । फरार रहेका र पक्राउ गर्न नसकिएका मुद्धाका प्रतिवादीको खोजी र पक्राउ अभियानलाई तिव्र पारिएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कवीन्द्र कार्कीले बताउनु भयो । उहाँका अनुसार जवरजस्ती करणीका तीन, लागूऔषधका तीन, बहुविवाहका दुई, चोरी मुद्धाका एक र अंशवण्ड मुद्धाका दुई जना प्रतिवादीलाई पक्राउ गरिएको हो । अंश मुद्धा बाहेकका प्रतिवादीलाई अदालतले ४५ दिनदेखि तीन वर्ष सम्म कैद सजाय र जरिवानाको फैसला गरेको थियो । अंशवण्ड मुद्धाका प्रतिवादीलाई भने अदालतले जरिवानाको फैसला सुनाएको थियो । लागूऔषध र बहुविवाह मुद्धाका दुई प्रतिवादीलाई पक्राउ गरेर प्रहरीले हिजो मात्रै अदालतमा पेस गरेको छ । लागूऔषध मुद्धामा दोषी ठहर भए पनि फरार रहेका सुनवर्षीय नगरपालिका ८ का ४० वर्षीय मदन मियाँ र बहुविवाह मुद्धामा फरार रहेका रंगेली नगरपालिका ७ का २७ वर्षीय मुकेश मण्डललाई प्रहरीले पक्राउ गरेको हो । मियाँ साढे चार वर्षदेखि र मण्डल अढाई वर्षदेखि फरार थिए । जिल्ला अदालत मोरङले मियाँलाई २०७१ साल असार १८ गते दुई वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । त्यस्तै बहुविवाह मुद्धामा मण्डललाई मोरङ अदालतले २०७३ साल जेठ २ गते एक वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here