Tune to BFM 91.2|Biratnagar

एघार वर्षीय बालिका जवरजस्ती करणीका फरार प्रतिवादी पक्राउ

विराटनगर, १६ फागुन । जवरजस्ती करणी उद्योगका फरार प्रतिवादी पक्राउ परेका छन । पक्राउ पर्नेमा मोरङ जिल्ला जहदा गाउँपालिका वडा नं.–१ बस्ने अन्दाजी ४५ बर्ष का बोज भनिने राजेन्द्र सरबरिया रहेका छन ।

सरबरियाले गत फाल्गुन ६ गते सोहि गाउँमा रहेको मकैबारीमा साझंको समय पारि ११ वर्षीय बालिकालाई जबरजस्ती करणी गरि फरार भएका थिए । उनीविरुद्ध सोहि ठाउँ बस्ने ३८ बर्षकी पार्वती देवी मुखियाले गत फाल्गुन १३ गते जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएकि थिइन ।

उक्त घटनामा संलग्न ब्यक्ति (प्रतिबादी) खोजतलास गर्ने क्रममा सरबरियालाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले सुनसरी जिल्लाको साहेबगंज सिमा क्षेत्रबाट पक्राउ गरेको छ। अहिले उनलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान गरीरहेको इलाका प्रहरी कार्यालय रानीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button