Tune to BFM 91.2|Biratnagar

एन्फाले फुटबल खेलाडी समिक्षाको सम्पूर्ण उपचार खर्च ब्यहोर्ने

विराटनगर, २२ वैशाख । अखिल नेपाल फुटबल संघ एन्फाले आँखामा चोट लागेकी फुटबल खेलाडी समिक्षा मगरको सम्पूर्ण उपचार खर्च ब्यहोर्ने भएको छ ।

हिजो विराटनगरस्थित विराटनगर आँखा अस्पतालमा उपचाररत मगरसँगको भेटका क्रममा एन्फाका प्रवक्ता किरण राईले बिरामी खेलाडीको उपचार खर्च ब्यहोर्ने जनाएका हुन् । एन्फाले सुरुवातमा २५ हजार रुपैयाँ चोटग्रस्त मगरको परिवारलाई उपलब्ध गराएको उहाँको भनाइ छ ।

आर्थिक अवस्था कमजोर रहेको मगर परिवारलाई एन्फाले चोटग्रस्त समीक्षाको उपचारपछि पोषिलो खानेकुरामा समेत सहयोग गर्ने जनाएको छ । प्रवक्ता राईले खेलाडी मगरको सम्पूर्ण उपचार खर्च एन्फाले व्यहोर्ने बताउनुभयो ।

यसैबीच, अस्पतालको बेडमा उपचाररत समीक्षालाई सहयोग रकम जुट्न थालेको छ । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले ब्यक्तिगत रुपमा समिक्षाको परिवारलाई २५ हजार रुपैयाँ उपलब्ध गराउनुभएको छ ।

हिजोै एन्फाका महिला विभागका निर्देशक हरि खड्का र राष्ट्रिय महिला खेलाडीहरुले ५० हजार रुपैया सहयोग गरेका छन् । उदयपुरको बेलका नगरपालिका ५ निवासी १६ वर्षीया समिक्षाको बैशाख १२ गते खेतमा काम गर्ने क्रममा आँखामा चोट लागेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button