Tune to BFM 91.2|Biratnagar

एभरेष्ट सेकेन्डरी स्कूलमा फूटबल टुर्नामेन्ट शुरू

विराटनगर, २७ फागुन । एभरेष्ट सेकेन्डरी स्कूल विराटनगरमा हाउस स्तरीय फूटबल टुर्नामेन्ट शुरू भएको छ । एभरेष्ट स्कूलका अध्यक्ष विनोद ढकालले रेफ्री मनिष खड्कालाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो ।

खेलकुदले अनुशासित, प्रतिष्पर्धी र शारीरिक तन्दुरुस्ती कायम गर्न सहयोग पुर्याउने अध्यक्ष ढकालले बताउनुभयो । आजदेखी शुरु भएको टुर्नामेन्ट २९ गते समापन हुनेछ । प्रतियोगितामा मेची, कोशी, गण्डकी र कर्णाली हाउसका तीन समूहका १२ टीमले सहभागिता जनाएका छन् ।

विद्यालयका अतिरिक्त कृयाकलाप प्रमुख राजन भट्टराईका अनुशार कक्षा ३, ४ र ५ को एउटा, कक्षा ६ र ७ को दोस्रो र कक्षा ८ र ९ को तेस्रो समूह रहेका छन । प्रत्येक समूहले आपसका चार हाउस टीमबिच प्रतिष्पर्धा गर्ने भट्टराईले बताउनुभ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button