Tune to BFM 91.2|Biratnagar

एमसीसीका योजना बजेटमा राखेको हो : अर्थमन्त्री खतिवडा

विराटनगर १९ जेठ । अर्थमन्त्री युवराज खतिवडाले संसदबाट पारित हुन बाँकी रहेको अमेरिकासँग गरिएको एमसीसी सम्झौताका परियोजना बजेटमा राखेको स्वीकार गर्नुभएको छ ।

उहाले विगत तीन वर्षदेखि एमसीसीमा रहेका परियोजना बजेटमा राख्दै आएको संघीय संसद प्रतिनिधिसभामा बताउनु भयो ।आगामी आर्थिक वर्षको बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री खतिवडाले भन्नुभयो अमेरिकी सहयोग नियोगमा रहेका कार्यक्रम हामीले गत ३ वर्षदेखि निरन्तर केही कार्यक्रम बजेटमा राख्दै आएका छौं ।

आगामी वर्षको बजेटमा पनि केही कार्यक्रम राखिएको छ । बजेट प्रस्तुत गर्ने क्रममा भने एमसीसीका कार्यक्रम भनेर उल्लेख गरिएको थिएन । बजेटमा ४०० केभीका विद्युत प्रसारण लाइन निर्माण गर्ने भनिएको छ । जुन अन्तरदेशीय प्रसारण लाइन एमसीसी परियोजना अन्तर्गत रहेका छन् । त्यस्तै पूर्व–पश्चिम सडक विस्तारका योजना पनि बजेटमा राखिएका छन् ।

त्यसको स्रोत कताबाट जुटाउने भन्ने स्पष्ट लेखिएको थिएन । त्यो सडक विस्तार पनि एमसीसीको परियोजना अन्तर्गत रहेको थियो । यसअघि सरकारले नीति तथा कार्यक्रममा पनि एमसीसीले निर्माण गर्ने भनिएका परियोजन राखेको थियो ।

नीति तथा कार्यक्रममाथि छलफलका क्रममा नेकपाका सांसदहरूले एमसीसी संसदबाट पास नभइकनै सरकारले अगाडि बढाउन खोजेको भन्दै आपत्ति जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button