Tune to BFM 91.2|Biratnagar

एमसीसी बुझेर मात्र स्विकार गनुृपर्छ : डा. शेखर

विराटनगर २९ जेठ । नेपाली कांग्रेसका प्रभावशाली नेता डां शेखर कोइरालाले वहुचर्चिच अमेरिकी सहयोग ( एमसीसी) लाई नेपाल सरकारले जर्वजस्त संसदबाट अनुमोदन गर्न नहुने धाराण राख्नुभयो ।

कांग्रेस सभापति शेर वहादुर देउवाले अमेरिकी सहयोग ( एमसीसी) को पूर्ण समर्थन गरिरहेको बेला डां कोइरालाको यस्तो धाराणा आएको हो । आज कृष्णप्रसाद कोइराला गुठीद्धारा काग्रेस नेतृ स्व. शैलजा आचार्यको ११ औ स्मृती दिवशमा विराटनगरमा आयोजना गरिएकोे कार्यक्रममा बोल्दै डा कोइरालाले भन्नुभयो , ”एमसीसी संसदबाट पास गर्नु अघि त्यो सहयोग ( आईपीएस) सँग सम्बन्धित छ छैन स्पस्ट हुन आवश्यक छ ।”

अमेरिकी सहयोग यदी आईपीएससँग सम्बन्धित छ भने स्विकार गर्न नहुने डा. कोइरालाको बुझाईछ । सहयोग भोलीका दिन सुखद् हुन्छ भने लिनुपर्छ कोइरालाले भन्नुभयो यदी राष्ट्रियता माथी प्रश्न चिन्ह खडा हुन्छ भने स्विकार गर्न हुँन्न ।”कुनै पनि संघ ,संगठन , व्यक्ती , संस्था वा देशले विना कारण कसैलाई सहयोग गर्न नसक्ने कोइरालाको कथन थियो ।

त्यसरी आउने सहयोगमा स्वार्थ लुकेको हुन्छ उहाले भन्नुभयो, ५५ अर्व रुपैयाको अनुदान त्यो स्वार्थमा छ कि त्यस बारे सर्वप्रथम क्लियर हुनुपर्छ क्लियर भएर लिदा हुन्छ । यस्तै अर्को एक प्रसंङ्गमा कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो संसदमा दिएकोे जबाफ गैर जिम्मेवारपूर्ण भएको बताउनुभयो ।

सरकारले कोरोना उपचारमा १० अर्व रुपैया खर्च गरेको हिसाव किताव यतिवेला खोज्ने हैन भनि प्रधानमन्त्रीको संसदमा दिएको जबाफ लज्जास्पद रहेको स्पस्ट पार्नुभयो । कोरोना महामारीमा जे गर्दा पनि हुन्छ भन्ने सरकारको रवैयाले देश थप भष्ट्राचारले थिलथिलो पारेको स्मरण गराउनुभयो ।

कोइरालाले भन्नुभयोे , सरकार अव यो दलदलबाट निस्कने अवस्था पनि देख्निन । सिमा विवादलाई अन्तर्राष्ट्रियकरण गर्न नहुने कोइरालाले सुझाव दिनुभयो । बार्ता र सहमतिबाटै सिमाना विवाद टुंगाउनु पर्छ उहाले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button