एम्बुलेन्सको ठक्करबाट २ जनाको मृत्यु
बिराटनगर ८ चैत । उदयपुर जिल्लाको त्रियुगा–९ झिल्के चोक बस्ने ६२ बर्षीय तिलक दनुवार र सोही स्थानका १४ बर्षीय रोशन दनुवारको एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको छ ।
हिजो साझँ ६ बजे झिल्के चोक स्थित बाटो छेउमा बसिरहेका दुबैजनालाई चुहाडेबाट गाईघाट तर्फ जादैै गरेको स १ झ ४७७ नम्बरको एम्बुलेन्सले ठक्कर दिदा गम्भिर घाईते भएकोमा तिलकको उपचारको क्रममा रातीनै जिल्ला अस्पताल उदयपुरमा र रोशनको न्युरो अस्पताल बिराटनगरमा आज बिहान सवाँ ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
सोही घट्नामा घाईते भएका ३२ बर्षीय राज कुमार दनुवारको न्युरो अस्पताल बिराटनगरमा उपचार भईरहेको छ । ठक्कर दिने एम्बुलेन्स र एम्बुलेन्स चालक सन्तोष खत्री नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।