Tune to BFM 91.2|Biratnagar

एम्बुलेन्सले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु

विराटनगर, २४ जेठ । मोरङको बूढीगंगा गाउँपालिका–३ मा एम्बुलेन्सले ठक्कर दिँदा साइकलमा यात्रा गरिरहेका सुनसरीको बर्जु गाउँपालिका–६ का ४० वर्षीय मनोजकुमार माझीको मृत्यु भएको छ ।

उर्लाबारी बिरामी पुर्याएर विराटनगरतर्फ फर्कदै गरेको को २ च २८८२ नम्बरको एम्बुलेन्सले कोसी राजमार्गमा साइकललाई ठक्कर दिँदा दुर्घटना भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताउनु भयो ।

दुर्घटनामा परेर गम्भीर घाइते माझीको उपचारका क्रममा विराट टिचिङ अस्पतालमा गयराति साढे ८ बजे मृत्यु भएको हो ।

दुर्घटनापछि एम्बुलेन्स लिएर फरार बनेका चालक विराटनगर महानगरपालिका–१४ का २५ वर्षीय प्रेम राजवंशीलाई सुनसरीको चिमडीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button