Tune to BFM 91.2|Biratnagar

एम.एम.सी. क्लब बिराटनगर फाइनलमा प्रवेश

विराटनगर १८ फागुन । मोरङको जहदामा लक्ष्मीनिया युवा क्लवद्वारा आयोजित वाई वाई वडा अध्यक्ष कप क्रिकेट प्रतियोगितामा एम.एम.सी. क्लब बिराटनगर फाइनलमा प्रवेश गरेको छ । कलाबन्जर युवा स्पोर्टिंग क्लब धनपालथान लाई ४ बिकेटले पराजित गर्दै एम.एम.सी. बिराटनगर फाइनलमा प्रवेश गरेका हो ।

टस जितेर पहिले ब्याटिंग गर्ने निर्णय गरेको कलाबन्जर १९ ओभरमा अलआउट हुदै १२३ रन बनाउन सफल भएको थियो । ।कलाबन्जर स्पोर्टिंग क्लबको अमित ले सर्वाधिक ३० रन, बेचनले २२ रन, सुरजले १४ रन, नरेशले १०, श्यामले ८, पप्पुले ७ रनको योगदान गरे । यता एम.एम.सी क्लब को तर्फ बाट फ्रिदोश अन्सारी र जोसेफ खड्काले ३र ३ विकेट , बैजनाथ चौधरीले २ विकेट, सिद्धान्त लोहनी र कमलले १र१ र विकेट लिए ।

जवाफी ब्याटिंगमा उत्रिएको एम.सी. सी.क्लब १८ ओभरमै जित हात पार्याे। सुरुकै ६ ओभर सम्म ४ महत्त्वपूर्ण विकेट गुमाएको एम.सी.सी. लाई निकै चुनौतीपूर्ण खेल रहेको थियो।फ्रिदोश र तब्रेजले सार्वाधिक रन लिएर टिमलाई जिताएको हो। अघिल्लो खेलमा सार्वाधिक १०६ रन लिएका बैजनाथ चौधरी यस पल्ट पहिलो ओभरको पहिलो बलमै आफ्नो विकेट गुमाएका थिए। खेलमा ३ विकेट र २७ रन लिएर म्यान अफ दि म्याच भएका फ्रिदोशलाई मझारे प्रहरी चौकीका हवल्दार राइले मेडल, कप र प्रमाण पत्र प्रदान गरेका थिए।

शनिवार हुने फाइनल खेल एम.एम.सी. क्लब बिराटनगर र जहदा –६ पोखरिया बिच हुने क्लबका अध्यक्ष नितेश कुमार शाहले जानकारी दिनुभयो ।लक्ष्मीनिया युवा क्लवले आयोजना गरेको सो क्रिकेट प्रतियोगितालाई जहदा–५ वडा कार्यालयले आर्थिक सहयोग गरेको छ । वाईवाईले प्रायोजन गरेको प्रतियोगितामा मुस्तांग बियर सह–प्रायोजक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button