Tune to BFM 91.2|Biratnagar

एलिट क्लब विराटनगरको अनलाईन अन्तरक्रिया

विराटनगर १ जेठ । एलिट क्लब विराटनगरले हिजो केन्द्रीय प्रविधि क्याम्पस हातिसार धरानका माइक्रोबायोलोजी विभागका प्रमुख धिरेन सुब्बा लिम्बुसँग अनलाईन अन्तरक्रिया गरेको छ ।

सो अवसरमा सुब्बाले कोरोना भाइरसको संक्रमणको अवस्था, मानिसमा सर्ने तरिका ततथा त्यसबाट बचन सकिने उपायहरुका बारेमा बताउनु भएको थियो । त्यसैगरी नेपालमा प्रयोगभइरहेको परीक्षण विधि र तिनको प्रभावकारिता र विश्वसनियताबारे पनि जानकारी दिनु भएको थियो ।

त्यस अवसरमा प्रा. कृष्ण पोखरेल, प्रा.डा. मीनराज ढकाल, डा.चन्द्र तिम्सिना, यज्ञ शर्मा, शुभेच्छा सिलवाल, दिनेश श्रेष्ठ, फणिराज नेपाल, राधा अधिकारी, स्वयम्भुनाथ कार्की, नविन लामिछाने लगायतले जिज्ञासा राख्नुभएको थियो ।

छलफलमा धरान, काठमाण्डौ र पोखराबाट समेत सहभागी हुनुभएको थियो । एलिट क्लब विराटनगरले गत बैशाख ४ गतेबाट समसामयिक विषयमा अनलाईन संवाद दैनिक रुपमा सञ्चालन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button