एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने ३४ जना विद्यार्थीलाई छात्रवृति

0
89

विराटनगर, २६ असार । मोरंगको बेलबारी चिसाङ साझेदारी वन व्यवस्थापन समूहले एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने ३४ जना विद्यार्थीलाई छात्रवृति वितरण गरेको छ । समूहले आफ्नो कार्यक्षेत्र भित्रका साविक १७ वटा गाविसबाट एक छात्रा र एक छात्र विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको हो । सव डिभिजन वन कार्यालयमा आयोजित कार्यक्रममा डिभिजन वन कार्यालय मोरङका प्रमुख विशाल घिमिरे लगायत समूहका सदस्यहरुले विद्यार्थीहरुलाई छात्रवृत्ति रकम हस्तान्तरण गर्नुभएको थियो । छात्रवृत्ति वापत विद्यार्थीहरुलाई जनही ३ हजार रुपैयाँ प्रदान गरिएको हो । यस्तै समूहले २ वटा विद्यालयलाई एलइडी र पेनड्राइभ पनि प्रदान गरेको छ । यस्तै वैज्ञानिक वन व्यवथापनका विषयमा सञ्चारकर्मी बीच अन्तरकृया कार्यक्रम आयोजना भएको छ । डिभीजन वन कार्यालय मोरङ र नेपाल पत्रकार महासंघ मोरङको आयोजनामा भएको कार्यक्रममा वैज्ञानिक वन व्यवस्थापनका विषयमा अन्तरकृया भएको होे । सो अवसरमा डिभीजन वन कार्यालयका डिभीजनल वन अधिकृत विशाल घिमिरेले वैज्ञानिक वनका विषयमा जानकारी गराउनुभएको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here