ए डिभिजनको उपाधि गुराँसलाई

0
147

विराटनगर, ७ फागुन । विराटनगरमा आज सम्पन्न जिल्ला स्तरिय ए डिभिजन लिग क्रिकेटको उपाधि गुराँस पुस्तकालयले जितेको छ । होराइजन क्रिकेट क्लवलाई २२ रनले पराजित गर्दै गुराँसले उपाधी हात पारेको हो । लायन्स क्लव अफ विराटनगर यङ हार्ट तथा मोरङ जिल्ला क्रिकेट संघको आयोजनामा विराटनगर– १९ वैजनाथपुरमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको गुराँसले निर्धारित ५० ओभरको खेलमा ४० ओभरमा सवै विकेट गुमाई १ सय ३७ रनको सामान्य योगफल तयार पारेको थियो । जस्मा साकिव हकले ८१ बलमा ६ छक्कार र ६ चौका प्रहार गरि ७७ रन र कुन्दन यादवले १३ रनको योगदान दिए । होराइजनका दिपेश कडेलले ३ विकेट तथा पुष्प थापा र फिर्दोस अन्सारीले समान २–२ विकेट लिए । जवाफमा १ सय ३८ रनकोे सामान्य लक्ष्य पछ्याएको होराइजनले ३१ दशमलव १ बलमा सवै विकेट गुमाएर १ सय १५ रनमा सिमित भयो । जस्मा पुष्प थापाले ५८ रन र अमूत सिंहले १७ रनकोे योगदान दिए । गुराँसका म्यान अफ द फाइनल इसान क्षेत्रीले ७ तथा कृष्ण मण्डलले २ विकेट लिए । प्रतियोगिताको म्यान अफ द सिरिज र उत्कृष्ट बलर होराइजनका दिपेश कडेल घाषित भए भने उत्कृष्ट ब्याट्सम्यान गुराँसका साकिव हक, उत्कृट विकेट किपर होराइजनका राजन मगर, उत्कृष्ट फिल्डर गुराँसका मिलन कार्की तथा अनुशासित टिम गुराँस पुस्तकालय घोषित भयो । विजय तथा अन्य खेलाडीहरुलाई संघिय सांसद अमनलाल मोदी, प्रदेश सासद जयराम यादव, लायन्स क्लव अफ विराटनगर यङ हार्टका अध्यक्ष सनातन मण्डल र मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष सुनील पौडेललगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नु भएको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here