ओलम्पिक महिला फुटबल छनोटमा आज नेपाल र बंगलादेश भिड्ने

0
206

काठमाडौं । ओलम्पिकका लागि महिला फुटबल छनोट चरणमा आज नेपालले बंगलादेशसँग खेल्दैछ ।सन् २०२० मा जापानको टोकियोमा हुने ओलम्पिक खेलकुदका लागि एसिया क्षेत्रको महिला फुटबल छनोटको अन्तिम खेलमा नेपालले आज बंगलादेशसँग खेल्न लागेको हो ।म्यानमारमा जारी छनोट प्रतियोगिताबाट दोस्रो चरणमा प्रवेश गर्न नेपालले आज दक्षिण एसियाली प्रतिद्वन्द्वी बंगलादेशलाई भारी अन्तरले हराउनु पर्नेछ ।म्यानमारको याङगोनस्थित थुवान्ना रंगशालामा नेपाली समय अनुसार आज दिउँसो सवा दुई बजेबाट खेल सुरु हुनेछ ।जारी प्रतियोगितामा नेपाल अपराजित टिम भए पनि स्पष्ट जित भने निकाल्न सकेको छैन ।उसले भारत र म्यानमारसँग दुबै खेल १–१ गोलको बराबरीमा टुंग्याएको छ । बंगलादेश भने दुबै खेलमा भारी अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरीसकेको छ ।दुई खेलबाट ४–४ अंक जोडेका भारत र म्यानमार तालिकाको पहिलो र दोस्रो स्थाननमा रहेका छन् । तेस्रो स्थानको नेपालको २ अंक छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here