Tune to BFM 91.2|Biratnagar

ओलीको घोषणा : बाटो बिराएका सबैलाई ‘आममाफी’

काठमाण्डौं, ७ साउन । फ्लोर क्रस गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिनुलाई अक्षम्य अपराधको संज्ञा दिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाटो बिराएका नेताहरुलाई ‘आममाफी’ दिने घोषणा गर्नुभएको छ ।

पुष्पलाल स्मृति दिवसको अवसरमा आज आयोजित कार्यक्रममा ओलीले भन्नुभयो, ‘बाटो बिराएका भड्किएका साथीहरुलाई पनि आग्रह गर्न चाहन्छु, यस पार्टी र आन्दोलनको एकताका लागि पुष्पलाललाई सम्झिएर भन्न चाहन्छु, सबैलाई एम्नेष्टी इज ग्रान्टेड ।’ उहाँले अघि भन्नुभयो, ‘जे सुकै भएको होस्, एम्नेष्टी । आउनुस् मिलेर काम गरौं ।’ झण्डै एक घण्टा लामो सम्बोधन गर्नुभएका ओलीले एमालेलाई कसैले रोक्न नसक्ने बताए । पुष्पलालले रोपेको र मदन भण्डारीले स्याहार सुसार र प्रवलीकरण गरेको भन्दै उहाँले भन्नुभयोन, ‘यो कर्कलोको पातको पानी होइन, कसैले हल्लाउँदैमा भुँइमा खस्छ ।’

निवर्तमान प्रधानमन्त्री समेत रहनु भएका ओलीले आफ्नो पार्टी नेतृत्वको सरकार ढाल्न दुनियाँ लाग्दा पनि खुट्टा समेत हल्लाउन नसकेपछि अदालतको परमादेशबाट हटाइएको बताउनुभयो । त्यसका बाबजुद एमाले स्थानीय तह, प्रदेश र संघीय संसदमा प्रमुख शक्ति रहेको भन्दै उहाँले भन्नुभयोे, ‘देशको प्रमुख राजनीतिक शक्ति हो, लोकतान्त्रिक आन्दोलनको प्रमुख राजनीतिक धार हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button