Tune to BFM 91.2|Biratnagar

ओलीले दुवै पदबाट राजीनामा नदिने : नेता बास्कोटा

विराटनगर, २८ मंसिर । पूर्वसञ्चारमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य गोकुल बास्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष पदबाट कुनै पनि हालतमा राजीनामा नदिने प्रस्ट पार्नुभएको छ ।

विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रधानमन्त्रीबाट ओलीलाई हटाउन चुनावसम्म पर्खनुपर्ने बताउनुभयो । विधि र प्रक्रियाबाट निर्वाचित भएर आएको प्रधानमन्त्रीलाई जबरजस्ती राजीनामा गर भन्नु जनमतको उपेक्षा भएको उल्लेख गर्नुभयो । नेता बास्कोटाले चुनावको बेला आगामी प्रधानमन्त्री केपी शर्मा ओली भनेर भोट मागेकै कारण जनताले नेकपालाई दुई तिहाई मत दिएको दाबी गर्नुभयो ।

ओलीलाई प्रधानमन्त्रीबाट हटाउन चुनाव र पार्टी अध्यक्षबाट हटाउन महाधिवेशनसम्म कुर्नुपर्ने उहाँले बताउनुभयो । लोकतान्त्रिक संविधान निर्माण तथा संघियताको सफल कार्यान्वयन र नाकाबन्दीको सामना गर्दै मुलुकलाई आर्थिक सम्वृद्धितर्फ अघि बढाउने काम प्रधानमन्त्री केपी शर्मा ओलीले गरिरहेको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button