Tune to BFM 91.2|Biratnagar

ओली लोकतन्त्रको झड्केलो बाबु: काँग्रेस नेता घिमिरे

विराटनगर, ५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनको कदमविरुद्ध विराटनगरमा आज नेपाली कांग्रेस, नेकपा कार्यकर्ता र विवेकशील साझा पार्टीले विरोध प्रदर्शन गरेका छन ।

नेपाली काग्रेस मोरङले तीनपैनीबाट विरोध र्याली निकाली विराटनगर वीप्लट अगाडी विरोधसभा गरेको छ । विरोध सभामा नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली संघियता विरोधी भएको आरोप लगाउनुभयो । उहाँले ओली लोकतन्त्रको झड्केलो बाबु भएको बताउनुभयो । नेता घिमिरेले भन्नुभयोे,‘ केपी ओली संघीय लोकतन्त्रको झड्केलो बाबु हो ।’

अरुले संघर्ष गरेर ल्याएको गण्तन्त्रको मायाँ उनलाई नभएको घिमिरेको भनाई छ । उहाँले भन्नुभयोे,‘ हामी गणतन्त्रका लागि आन्दोलन गर्दा उनी बयलगाढा चडेर अमेरिका पुगिदैन भन्थे ।’ बालि लगाएर खाने बेलामा ओलीले भाग खोसेको नेता घिमिरेको आरोप छ । दुई तिहाई सरकारले केही गर्ला भन्ने आशा गरेका जनतामाथि नेकपा सरकारले कुठाराघात गरेको उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीसँगै राष्ट्रपति विद्यादेवी भण्डारी पनि बद्नाम भएको उहाँले बताउनुभयो । राष्ट्रपति भण्डारीले पदको गरिमा कायम राख्न नसकेको उहाँले बताउनुभयो ।

नेपाली काँग्रेस मोरङका सभापति डिगबहादुर लिम्वुले राष्ट्रपति भण्डारी पार्टीको कार्यकर्ता जस्तो भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले जे भन्यो त्यही मान्ने काम राष्ट्रपतिले गरेको लिम्वुले बताउनुभयो । उहाँले लोकतन्त्रबादीलाई सचेत रहन आग्रह गर्नुभयोे । नेपाली काँग्रेस प्रदेश १ संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले मतपत्रबाट जन्मेको तानाशाही नेकपाले सत्ता चलाउन नसकेको बताउनुभयो ।

५ बर्षपनि सरकार चलाउन नसकेर नालायकीपन देखाएको उहाँको भनाई छ । कार्कीले भन्नुभयोे,‘ सरकारले जनतालाई कोरोनाको भ्याक्सिन दिने बेलामा इलेक्सन दियो ।’ राष्ट्रपतिले गैर जिम्मेवारी पन देखाएको कार्कीले बताउनुभयो । नेकपा कार्यकर्ताले विराटनगर ट्राफिक चोकमा प्रधानमन्त्री ओली विरुद्ध चर्को नाराबाजी गरेका छन् । राष्ट्रिय युवा संघ र अनेरास्ववियु मोरङले निकालेको र्यालीमा ओली गणतन्त्र विरोध भएको विद्यार्थी नेता ओसिम आलमले बताउनुभयो ।

प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई सच्चिन उहाँको आग्रह छ । नेता आलमले ओली हिटलर बन्न खोजेको बताउनुभयो । प्रधानमन्त्री ओलीले संसद विगठन गर्ने निर्णयको विवेकशिल साझा पार्टीले पनि विरोध गरेको छ । उसले विराटनगर ट्राफिक चोकमा प्रधानमन्त्री ओलीले गरेको कदमको विरोध जनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button