Tune to BFM 91.2|Biratnagar

औषधि व्यवसायीको स्थापना दिवसमा ब्यवसायिलाई सम्मान

विराटनगर, १० असार । नेपाल औषधि ब्यवसायि संघ मोरङले विविध कार्यक्रमगर्दै आफ्नो स्थापना दिवस मनाएको छ । संघले आफ्नो ४७ औं स्थापना दिवसको अवसर पारेर ब्यवसायिलाई सम्मान तथा रक्तदान लगायतका कार्यक्रम गरेको छ ।

सो अवसरमा संघको कार्यालय परिसरमा आयोजित कार्यक्रमकाबीच सुनबर्षी नगरपालिका–९ का औषधि ब्यवसायि सन्तलाल साहलाई सम्मान गरिएको छ । २०४२ सालदेखी संघमा आबद्ध रहेर संस्थाको श्रीबृद्धि र औषधि ब्यवसायमा लामो समयदेखी योगदान पुर्याएवापत उहाँलाई सम्मान गरिएको जनाइएको छ ।

उहाँलाई दोसल्ला,फुलमाला र सम्मानपत्र सहित सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि एवम औषधि ब्यवस्था विभाग विराटनगरका प्रमुख संजिव शर्मा कट्टेल र नेपाल औषधि ब्यवसायि संघ मोरङका अध्यक्ष लक्ष्मीप्रसाद तिम्सिनाले उहाँलाई सम्मान गर्नुभयो । कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष सुवर्णभक्त जोशीले ब्यवसायीहरुले संघको गरिमा कायम राख्दै मर्यादितरुपमा ब्यवसाय संचालनगर्नुपर्ने आग्रह गर्नुभयो ।

औषधि ब्यवस्था विभाग विराटनगरका प्रमुख कट्टेलले हाल देशमा आवश्यकताको ४० देखी ४५ प्रतिसत औषधि मात्र उत्पादन हुने गरेको जानकारी दिनुभयो । संघको स्थापना दिवसकै अवसरमा कोशी असप्ताल अगाडि रक्तदान शिवीर समेत आयोजना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button