Tune to BFM 91.2|Biratnagar

कटहरीका वडाध्यक्षद्धारा कृषि बजारमा तालाबन्दी

विराटनगर, २८ साउन । मोरंग कटहरी १ मा सञ्चालित कृषि बजारमा तालाबन्दी गरिएको छ । वडाध्यक्ष कपुर माझीले आज तालाबन्दी गर्नुभएको हो ।

प्रदेश सरकार भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र जिल्ला सहकारी संघ मोरंगसँगको समन्वयमा विराट कृषि उत्पादन तथा बजारीकरण संघले सञ्चालन गरेको कृषि बजारमा वडाध्यक्ष माझीले तालाबन्दी गर्नुभएको हो ।

कृषि बजारको रेखदेखका लागि करारमा राखेका तीन कर्मचारीलाई प्रदेश सरकारले हटाएपछि वडाध्यक्ष असन्तुष्ट रहेको श्रोतको भनाई छ । साउन देखि करारको तीन कर्मचारीको म्याद थप नभएपछि वडाध्यक्ष माझीले तालाबन्दी गरेको श्रोतको दावी छ ।

वडाध्यक्ष माझीले कटहरीमा कोरोना संक्रमण बढेको भन्दै कृषि बजारमा तालाबन्दी गरिएको बताउनुभयो । अत्यावस्यक वस्तुको कारोबारमाथि प्रतिबन्ध लगाईएकोमा विराट कृषि उत्पादन तथा बजारीकरण संघका सञ्चालकले आपत्ति जनाएका छन् ।

जिल्ला सहकारी संघ मोरंगका अध्यक्ष डिल्ली पोखरेलले तालाबन्दी खोल्ने विषयमा गाउँपालिका अध्यक्ष रामकुमार कामतसँग छलफल भईरहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button