Tune to BFM 91.2|Biratnagar

कटहरीको तरकारी अब विराटनगरमा बेचिने

विराटनगर, ८ वैशाख । लकडाउनपछि बिक्री बन्द भएको मोरङ कटहरीको तरकारी आजदेखि विराटनगरमा बिक्री हुन थालेको छ । कृषि सहकारी संघले प्रदेश १ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयसंगको छलफलपछि कटहरीको तरकारी विराटनगरमा बिक्री गर्ने व्यवस्था मिलाएको हो ।

संघका कोषाध्यक्ष राकेश दाहालले मन्त्रालयसंगको छलफलपछि तरकारी तथा फलफुल बजारमा तरकारी भण्डारण गर्ने र कृषकले दुईवटा मोबाइल भ्यान प्रयोग गरी विराटनगर बजारक्षेत्रमा बिक्री गर्न व्यवस्था मिलाइएको जानकारी दिनुभयो । उहाँले कटहरीबाट आजदेखि दैनिक एक ट्रक तरकारी विराटनगर ल्याइने बताउनुभयो ।

प्रधानमन्त्री कृषि परियोजना अन्तर्गतको कटहरीको तरकारी ब्लकमा अहिले करिव १० ट्रक तरकारी बजार ल्याउन मिल्ने अवस्थामा छ । प्रधानमन्त्री कृषि परियोजना अन्तर्गत १ सय हेक्टर क्षेत्रफलमा कटहरीका १ सय ९० किसानले लगाएको टमाटर, भान्टा, बन्दा, सिमी, खुर्सानी र काउली बेच्न मिल्ने अवस्थामा छ ।

तरकारी ब्लकमा उत्पादित तरकारीको ब्यवस्थापनका लागि जिल्ला सहकारी संघका सहसचिव देबेन्द्र पौडेलको संयोजकत्वमा कृषि समूह र सहकारी सम्मिलित बजार व्यवस्थापन समिति निर्माण गरिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत सञ्चालित तरकारी ब्लकका अध्यक्ष रामउदय सिंहले बारीमा तरकारी संकलन सुरु गरिएको बताउनुभयो । तरकारीलाई बजार पुर्याउन प्रदेश सरकार र जिल्ला सहकारी संघको व्यानर राखिएको सवारी साधन प्रयोग हुनेछ ।

‘लकडाउनका कारण कटहरीका कृषकको बारीमा रहेको तरकारी बजारसम्म पुर्याउन नपाउँदा सयौं हेक्टरमा लगाएको तरकारी कुहिएर जाने अवस्थामा पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button