Tune to BFM 91.2|Biratnagar

कटहरीको तरकारी थोक बजार सञ्चालन

बिराटनगर ९ वैशाख । मोरंग कटहरी १ को एकीकृत तरकारी तथा फलफूल थोकवजार सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ चैत ३ गते उद्घाटन गरेपनि वजार सञ्चालनमा आउन सकेको थिएन ।

कटहरीका किसानको तरकारी संकलन गरि थोकवजारबाट विक्री शुरु गरिएको छ । प्रदेश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र जिल्ला सहकारी संघले कटहरीको तरकारी संकलन गरि विक्री वितरणमा समन्वय गरेपछि थोकवजार सञ्चालनमा आएको हो ।

थोकबजारमा भिड हुन नदिन थोरै जनशक्तिको माध्यमबाट कृषकले ल्याएका तरकारी संकलनको ब्यवस्था गरिएको छ । लकडाउनको समयमा किसान र उपभोक्ता बिचको दुरी कम गराउदै किसानले उत्पादन गरेका सामानलाई उचित मुल्य दिनेगरि काम शुरु गरिएको तरकारी ब्यवस्थापन समितिका संयोजक तथा जिल्ला सहकारी संघ मोरंगका सहसचिव देबेन्द्र पौडेल ले बताउनुभयो ।

कटहरीबाट तरकारी संकलन शुरु गरिएपनि विस्तारै तराइमा उत्पादन भएको तरकारी पहाडमा र पहाडमा उत्पादन भएको तरकारी तराइसम्म ल्याउने ब्यवस्था गरिने बताइएको छ । लकडाउका कारण बिक्री गर्न नपाउँदा कुहिएर खेर जाने तरकारी तरकारी बजार सम्म ल्याएर बेच्न पाउँदा केहि राहत मिल्ने र उपभोक्ताले सस्तोमा पाउने गरेको जहदा गाउँपालिकाका कृषक रतनकुमार सिंहले जानकारी दिनुभयो ।

उत्पादित तरकारीले वजार नपाउँदा किसानको करोडौँको क्षति हुने अवस्थामा पुगेको थियो । तरकारी बजार संचालनमा आएपछि केही राहत पाएको महशुस गरेका छन् । मोरङको कटहरी र जहदा गाउँपालिकामा गरेर करिव १ हजार बिगाहामा तरकारी खेती हुदै आएको छ ।

बारीमा सडेर जान दिनु भन्दा सस्तोमा विक्री गर्ने उद्देश्यले तरकारी संकलन र विक्री शुरु भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत सञ्चालित तरकारी ब्लकका अध्यक्ष रामउदय सिंहले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button