Tune to BFM 91.2|Biratnagar

कटहरीमा करेन्ट लागेर एक महिलाको मृत्यु

विराटनगर, ४ असोज । मोरङको कटहरीमा आज करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । कटहरी–७ थलाहाकी ४१ वर्षीया कलकतनी माझीको करेन्ट लागेर मृत्यु भएको हो ।

आज दिउँसो पौने ३ बजे आफ्नै घरमा सरसफाइ गरिरहेको अवस्थामा अचानक फेनको तारबाट विद्युत सट भइ करेन्ट लाग्दा कलकतनीको मृत्यु भएको बताईएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button