Tune to BFM 91.2|Biratnagar

कटहरीमा राहत वितरण

विराटनगर, ४ वैशाख । मोरंगको कटहरीमा आज राहत वितरण गरिएको छ । लकडाउनका कारण प्रभावित कटहरी ५ का ७ सय घरपरिवारलाई राहत वितरण गरिएको हो ।

वडा कार्यालयसँगको समन्वयमा वल्र्ड भिजन इन्टरनेशनल र नारी विकास संघ विराटनगरले राहत वितरण गरेका हुन ।

प्रतिघर परिवार १५ किलो चामल, १ किलो दाल, १ किलो नुन, १ लिटर तेल र सावुन वितरण गरिएको हो ।

लकडाउनका कारण प्रभावित घर परिवारको घर घरमा पुगेर वडाध्यक्ष घनस्याम सिंह, नारी विकास संघ कार्यक्रम संयोजक सरिता अधिकारी लगायतले राहत वितरण गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button