Tune to BFM 91.2|Biratnagar

कटहरी गाउँपालिकाको सहयोग

विराटनगर, २२ चैत । मोरङको कटहरी गाउँपालिकाका विपन्न र मजदुर वर्गलाई खाद्यान्न सामग्री वितरण गरिएको छ । कटहरी गाउँपालिका ४ नम्बर वडा कार्यालयको समन्वयमा त्यहाँका ९१ विपन्न र मजदुर परिवारलाई राहतस्वरुप खाद्यान्न सामग्री वितरण गरिएको छ ।

वडाध्यक्ष मन्टु शेखसहित राहत सामग्री उपलब्ध गराउने सप्तकोशी सिमेन्टका पदाधिकारीहरु विपन्न र मजदुर परिवारको घरघरै पुगेर राहत वितरण गरेका छन । सो क्रममा प्रतिपरिवार चामल १५ किलो, दाल २ किलो र नुनलगायतका सामग्री उपलब्ध गराइएको छ ।

कटहरी–४ मा अधिकांश मजदुर र सुकुम्बासी परिवारको बसोबास रहेकोमा लकडाउनले उनीहरु भोकभोकै बस्नुपर्ने अवस्था सृजना भएको वडाध्यक्ष शेखले बताउनुभयो । उहाँले वडा कार्यालय स्वयंले समेत भोलिबाट राहत स्वरुप खाद्यन्न सामग्री वितरण शुरु गर्ने जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button