Tune to BFM 91.2|Biratnagar

कडा लकडाउनमा विराटनगर

विराटनगर, २९ चैत । कोरोना भाइरसको जोखिमबाट बच्न सरकारले लकडाउन घोषणा गरेको १७ दिनपछि प्रहरीले विराटनगरमा त्यसको पूर्ण रुपमा कार्यान्वयन गरेको छ ।

अन्य दिन लकडाउन भनिएपनि बजार र सडकमा सर्वसाधारण र सवारी साधनको चहलपहल बाक्लो हुने गरेकोमा हिजो साँझबाट कडाई गरिएको हो । आज विहानबाट प्रहरीले चोक–चोकमा बसेर लकडाउन उल्लंघन गर्नेमाथि कडाई गरेको छ ।

लकडाउन कडा पार्न नियमित भन्दा थप प्रहरी परिचालन गरिएको छ र ‘प्रहरीको साथी म’ अभियान अन्तर्गत वडामा गठित प्रहरीका साथीहरुसमेत परिचालित रहेको मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयो । प्रहरीले सर्वसाधारणलाई घरमै बस्न र पसल बन्द गर्न आग्रह गर्दै माइकिङ पनि गर्दै आएको छ ।

सडकमा निस्किएका मानिसलाई जहाँ भेट्यो, त्यही उभ्याएर राखेको छ भने मोटरसाइकल नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएको मोटरसाईकल लकडाउन सकिएपछि मात्र फिर्ता दिने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button