कतारबाट दलित युवतीले गरिन् उद्धारको आग्रह

0
108

विराटनगर, २५ असार । झन्डै डेढ महिना अघि कतार पुग्नु भएकी मोरङको सुन्दरहरैंचा नगरपालिका–१० की एक दलित युवतीले जतिसक्दो चाँडो आफूलाई उद्धार गरेर नेपाल झिकाइदिन आग्रह गर्नु भएको छ । तीर्था विकले श्रम तथा रोगजार कार्यालय विराटनगरका प्रमुख एवं बरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलसँग टेलिफोनमा यस्तो आग्रह गर्नु भएको हो । गत जेठ १४ गते नेपालकै बाटोबाट कतार पुग्नु भएकी उहाँले त्यहाँ आफूले भागेका सबै पीडा सञ्जेललाई सुनाउनु भयो । कतारको घाजी अब्बु ट्रान्सपोर्ट एण्ड सर्भिस नामक कम्पनीले बन्धक बनाएर राख्दै आफूलाई विभिन्न खाले यातना दिइरहेको तीर्थाले सुनाउनु भयो । अस्पताल र स्कुल सरसफाईको काममा भनेर लगिए पनि अहिलेसम्म आफूलाई काममा नलगाइकन कुटपिट गर्ने, राम्ररी खान पनि नदिने, दुव्र्यवहार गर्ने, अनैतिक काम गर्न दबाद दिने र सेवा सुविधा समेत नदिने गरेको उहाँको गुनासो छ । सञ्जेलले तत्काल दलित युवतीको उद्धारका लागि पहल गरिने र दोषीमाथि कारबाही प्रक्रिया अघि बढाइने जानकारी दिनु भयो । वैदेशिक रोजगारीका लागि कतार पुगेकी युवतीले यति ठूलो पीडा भोग्नुमा पठाउने मेनपावरको कमजोरी रहेको उहाँले औंल्याउनु भयो । छोरीले ठूलो पीडा बेहोर्नु परेको भन्दै श्रम कार्यालयमा आमा सीताले सुनसरीको इटहरीमा रहेको विराट इन्टरनेशन टे«ेनिङ सेन्टरका सञ्चालक गोपाल पोखरेल विरुद्ध उजुरी दिनु भएको छ । गोपालले आफू सम्पर्क व्यक्ति भएको र तीर्था भने काठमाडौंको सिन्धुली ओभरसिज नामक मेनपावरबाट कतार गएको बताउनु भयो । ओभरसिजका सञ्चालक गौतम केसीले तीर्थालाई कतारमा कुनै पनि समस्या रहेको पाइए तत्काल उद्धार गर्न सकिने बताउनु भयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here