कन्टेनरमा सुमो ठोक्किंदा दुईको मृत्यु, छ जना घाइते

0
136

विराटनगर, ९ चैत । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका–७ मा आज विहान गुडिरहेको कन्टेनरमा टाटा सुमो ठोक्किंदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा चालकसहित सुमोमा सवार अन्य छ जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३ ख ६९१८ नम्बरको कन्टेनरमा सोही दिशाबाट आउँदै गरेको बा ११ च ७९४८ नम्बरको यात्रु बाहाक टाटा सुमो विहान ५ बजे ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिनु भयो । उहाँका अनुसार दुर्घटनामा काठमाडौंबाट यात्रु लिएर झापा हिंडेको टाटा सुमोका यात्रु झापाको अर्जुनधारा नगरपालिका–४ का ४७ वर्षीय रामकुमार आछामी र झापाको गौरादह नगरपालिका–४ का ४५ वर्षीय प्रकाश मगरको मृत्यु भएको हो ।

आछामीको घटनास्थलमै र मगरको उपचारका लागि विराटनगरतर्फ ल्याउने क्रममा बीच बाटोमै मृत्यु भएको जानकारी बजगाईले दिनु भयो । दुर्घटनामा परेर गौरादह – ४ की ५५ वर्षीय दुर्गा मगर, १४ वर्षीय प्रविका मगर, ३८ वर्षीय बबिता मगर, ३५ वर्षीय योगेश न्यौपाने र काभ्रेको भुमुटार नगरपालिका–८ का २७ वर्षीय रमेश तामाङ, सुमो चालक झापाको दमक नगरपालिका–२ का ३७ वर्षीय कूलबहादुर रेग्मी घाइते भएका छन् । घाइते मध्ये दुर्गा र प्रविकाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते प्रविका र बबिता मृत्यु भएका प्रकाशका छोरी र श्रीमती हुन् । घाइते सबैको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । तीव्र गतिमा रहेको सुमो ओभरटेक गर्ने क्रममा अगाडि गुडिरहेको कन्टेनरमा ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कन्टेर र चालक चितवनको राप्ती नगरपालिका –२ का ४८ वर्षीय लक्ष्मण अधिकारी तथा टाटा सुमो र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here