Tune to BFM 91.2|Biratnagar

कमल अर्याल जेठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

विराटनगर, ८ असार । प्रदेश १ प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय सुरुङ्गा झापामा कार्यरत प्रहरी जवान कमल अर्याललाई जेठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ ।

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।

अर्यालले अवैध लागु औषध कारोबारमा संलग्न ब्यक्ति, अबैध काठ चोरी निकासीमा संलग्न व्यक्तिहरु तथा अवैध रुपमा लुकाई छिपाई राखेको हातहतियारका गोली तथा अन्य घरायसी हात हतियार सहित अवैध गतिविधिमा संलग्न ब्यक्तिहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button