कम्प्युटर र ल्याङ्ग्वेजकक्षा निःशुल्क सञ्चालन
विराटनगर, १५ माघ । मोरङको उर्लाबारीस्थित एभरेष्ट मल्टि टेक्निकल कजेलमा कम्प्युटर र ल्याङ्ग्वेजका कक्षा निःशुल्क सञ्चालन हुने भएको छ । उक्त कलेजले सोसल डेभ्लोप्मेन्ट भोलेन्टीयर्स सर्भिस र हाम्रो चेतना विकास मञ्च नेपालसँगको साझेदारीमा एक सयजना विद्यार्थीलाई ती विषयमा निःशुल्क पढाउन लागेको हो । आज बिहान पत्रकार सम्मेलन गरी दलित आदिवासी २० जना, अनाथ असाह्य अपाङ्गता २० जना, एकल महिला तथा द्धन्द्ध पीडित २० जना, गरिब तथा जेहेन्दार २० जना तथा अन्य कोटाबाट २० जना गरी जम्मा १ सय जनालाई प्राविधिक शिक्षा दिन लागिएको कलेजका संचालक प्रिन्सिपल सुवन ढकालले बताउनुभयो । ५ सय ५० जना विद्यार्थीहरुलाई ६० देखि ९० प्रतिशत सम्मको छुट दिएर कक्षाहरु सञ्चालन गर्न लागिएकोे उहाँले बताउनुभयो । कम्प्युटर अन्र्तगत कम्प्युटर अपरेटर, ग्राफिक्स डिजाइन, एकाउन्टिङ्ग प्याकेज र हार्डवेयर एण्ड नेटवर्क्िकङ् अध्ययन हुनेछ । त्यसैगरी, सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरी अंग्रेजी भाषाको कक्षा पनि सञ्चालन गरिने ढकालले बताउनुभयो । उक्त कक्षा एभरेष्ट मल्टि टेक्निकल कजेज उर्लावारी, शाखा कार्यालय लेटाङ र इटहरीमा सञ्चालन हुनेछ ।