Tune to BFM 91.2|Biratnagar

कम्मरमुनीको भाग नचल्दा युवाको उपचारमा समस्या

विराटनगर, ८ साउन । मोरङको सुनवर्षी नगरपालिका– ३ भेलाइका २० वर्षीय अनिल ऋषिदेवको उपचारमा समस्या भइरहेको छ ।

लामो समयदेखि कम्मरमुनीको भाग चल्दैन । स्वास्थ्यमा समस्या देखिएपछि अनिललाई सुरुमा मोरङ सहकारी अस्पताल विराटनगरमा भर्ना गरिएको थियो । अस्पतालमै रहँदा एक्कासि उनको कम्मर मुनीको भाग चल्न छाड्यो ।

अस्पतालले तत्कालै नोबेल मेडिकल कलेज पठायो । बुवा वेदु ऋषिदेवकाअनुसार त्यतिबेला आर्थिक अभावका कारण प्रभावकारी उपचार गर्न सकिएन । उनलाई उपचारका लागि भारत र नेपालका विभिन्न अस्पतालमा लगिसकिएको छ ।

कम्मरमुनीको भाग नचलेका कारण खुट्टा सुन्निएर फुट्न थालेको छ । अनिललाई केही दिन अघि प्रदेश १ का प्रदेश सभा सदस्य लीलाबल्लभ अधिकारीले उपचारका लागि कोशी अस्पताल भर्ना गर्न सहयोग गर्नु भयो ।

अधिकारीकाअनुसार अस्पतालले उपचारमा सहयोग गर्ने बताएको छ । तर विपन्न अनिलको परिवारलाई उनलाई आवश्यक पर्ने सामान्य औषधि खरिद गर्ने खर्च जोहो गर्न पनि समस्या भइरहेको छ ।

प्रदेश सांसद अधिकारीले न्यूनमत उपचार पाउनुपर्छ भनेर उपचारविहीन बनेका युवालाई आफ्नै पहलमा अस्पतालमा भर्ना गरेको बताउनु भयो । अति विपन्न परिवारका अनिलको उपचार जारी छ । तर चिकित्सकले रोग पहिचान गर्न सकेका छैनन् ।

कोसी अस्पताल विराटनगरका बरिष्ठ हार्डजोर्नी तथा नशा रोग विषेशज्ञ डाक्टर यज्ञराज खरेलले अनिलको रोगको पहिचान नभए पनि हाड्डीको टिभी हुनसक्ने आशंका गरिएको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button