Tune to BFM 91.2|Biratnagar

करणी आरोप लागेका फरार युवक छ महिनापछि पक्राउ

विराटनगर, ३ मंसिर । जवरजस्ती करणी आरोप लागेर फरार रहेका एक युवक छ महिनापछि पक्राउ परेका छन् ।मोरङ जहदा गाउँपालिका–५ का २४ वर्षीय विशाल सोनार ठाकुर छ महिनापछि पक्राउ परेका हुन् ।उनीमाथि गत साउन १ गते बेलुका ६ बजे मोरङको कटहरी गाउँपालिका–३ स्थित खयरवना टोलकी २३ वर्षीय युवतीलाई करणी गरेको आरोप लागेको छ ।

ठाकुरलाई रंगेली नगरपालिका–७ मधुवनीबाट पक्राउ गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button