करेन्ट लागेर बालकको मृत्यु

0
55

विराटनगर, २५ असार । मोरङको रंगेली नगरपालिका–५ आँपगाछीमा आज दिउँसो करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कवीन्द्र कार्कीका अनुसार करेन्ट लागेर १२ वर्षीय प्रमोद ऋषिदेवको मृत्यु भएको हो । गाउँमा काठको पोलबाट विद्युत विस्तार गरिएको थियो । बाटोमा हिंडिरहेको अवस्थामा विद्युत विस्तार गरिएको काठको पोल एक्कासि ढलेर नाङ्गो तारबाट बालकलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । करेन्ट लागेका बालकको घटनास्थलमै मृत्यु भएको छ । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल रंगेलीमा राखिएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here