Tune to BFM 91.2|Biratnagar

कर्ण दम्पतीद्धारा मोरङ प्रहरीलाई १२ सय थान मास्क वितरण

विराटनगर,११ चैत । विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को जोखिमबाट बच्न मोरङ प्रहरीलाई व्यावसायी दम्पतीले मास्क वितरण गरेका छन् ।

समाजवादी पार्टी नेपालको केन्द्रीय सस्दय तथा युवा व्यावसायी तेजलाल कर्ण र विद्या कुमारी कर्णले मोरङ प्रहरीलाई १ हजार २ सय थान मास्क र सेनिटाइजर उपलब्ध गराउनु भएको हो ।

जनताको सुरक्षाको लागि अहोरात्र खटिने प्रहरीको सुरक्षाको लागि मास्क र सेनिटाइजर वितरण गरिएको समाजवादी पार्टीका केन्द्रीय सदस्य तेजलाल कर्णले जानकारी दिनुभयो । ‘

महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट सुरक्षाकर्मी जोगिए मात्र जनताको सुरक्षा प्रदान गरिन सकिन्छ । त्यही भएर हामीले कोरोना भाइरसबाट जोगिन मास्क वितरण गरिएको हो,’ मजदुर नेता समेत रहनुभएका नेता कर्णले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button