Tune to BFM 91.2|Biratnagar

कर्मचारीलाई घुस दिने कर्मचारी नै पक्राउ

विराटनगर, ७ जेठ । आर्थिक मामिला तथा योजना मन्त्रालय प्रदेश १ का कर्मचारीलाई घुस रकम बुझाउन खोज्ने जलश्रोत तथा सिचाँई विकास डिभिजन कार्यालय मोरङका डिभिजन प्रमुख आनन्दकुमार झालाई आज अख्तियारले प्रक्राउ गरेको छ ।

डिभिजन प्रमुख झाले आर्थिक मामिला तथा योजना मन्त्रालयको बजेट योजना तथा कार्यक्रम महाशाखामा कार्यरत शाखा अधिकृत विदुर पौडेललाई १० हजार रकम बुझाउन खोजेका थिए ।

झाले आफूले पौडेललाई १० हजार नगद खाममा राखेर टेबलमा राखिदिएको तर पौडेलले अस्वीकार गरेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button