Tune to BFM 91.2|Biratnagar

कर्मशील सहकारी संस्था को साधारण सभा

विराटनगर, २५ पुस । कर्मशील महिला बचत तथा ऋण सहकारी संस्था लि.बिराटनगरको नबौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । १ सय ३० जना सदस्यहरु रहेको सहकारीको कुल पुँजी १ करोड ८० लाख रहेको साधारण सभाका अवसरमा जानकारी दिइएको छ।

सहकारीले आफ्ना सदस्यहरुको लागि सहुलियत दरमा ऋण समेत उपलब्ध गराउदै आएको छ । सहकारीले साधारणसभाका अवसरमा १ जना शेयर धनी र सदस्यहरुका छोराछोरीहरु मध्येबाट उत्कृष्ट अंक ल्याएर एस ई ई उतिर्ण गरेका दुई जना र एक जना ज्येष्ठ सदस्य गरि ४ जनालाई सम्मान गरेको छ ।

साधारणसभामा एकवर्ष भित्र गरिएको कार्यहरु सहितको प्रतिबेदन र आगामी कार्ययोजना बारेमा सहकारीकी अध्यक्ष सकुन्तला भट्टराईले प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । महिलाहरूलाई आर्थिक रुपमा सक्षम बनाउदै सामाजिक कार्यमा अगाडी बढाउने उद्देश्यले ९ वर्ष अगाडी स्थापित कर्मशील सहकारीले अहिले बिराटनगर महानगरपालिका वडा नम्बर ९ र १२ मा काम गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button