Tune to BFM 91.2|Biratnagar

कलाकारको उपचारका लागि सहयोगको लागी अपिल

विराटनगर ३० कार्तिक । सडक दुर्घटनामा परि गम्भिर घाइते भएका आरोहण गुरुकुल विराटनगरका कलाकार भरत कार्कीका लागि आर्थिक सहयोगको लागी अपिल गरिएको छ ।

गत शुक्रबार साँझ विराटनगरको बरगाछीमा दुर्घटनामा परि घाइते भएका कार्कीको अहिले विराटनगरस्थित न्यूरो अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ । उपचार खर्चका लागि रकम जोहो गर्न संस्थागत तथा व्यक्तिगत रुपमा सहयोग गर्न परिवारले अपिल गरेका छन् ।

सहयोगका लागि एनआइसी एसिया बैंकमा शम्भु नेपालको नाममा रहेको खाता नम्बर एल ४०२००२७७३४५२४०१ मा रकम जम्मा गर्न सकिने बताइएको छ । यस्तै ई–सेवा मार्फत ९८४९५३२७४५ मा सहयोग रकम पठाउन सकिने परिवार श्रोतले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button