कलात्मक ढुंगामा फाटो खिच्दै प्रचण्डले भने सम्बृद्धि आउन समय लाग्दैन

0
80

विराटनगर, २१ फागुन । नेकपाका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मोरङको बेलबारी वडा नम्बर १० मा रहेको पुर्व पश्चिम राजमार्ग संगै जोडिएको सृजना सामुदायीक वनमा निर्माणाधिन रहेको सृर्जनापार्कको अवलोकन गरेका छन । नेपाल सहित अन्य ६ देशाका कलाकारहरुले निर्माण गरेका ढुंगाका कलात्मक आकृर्ती मुर्तिहरु हेर्दै प्रचण्डले भने ढुंगावाट समेत समबृद्धि आउदो रहेछ । उनले पार्कको समेत जानकारी लिएका छन । उनले ढुंगाका विभिन्न कलात्मक आकृर्तीसँग फोटो समेत खिचेका छन । उनले पार्कलाई प्राकृतिक (नेचुरल )खालको बनाउन समेत सुझाव दिए ।
नेपाल सहित ६ वटा विभिन्न देशका मुर्तीकार कलाकारहरुले अहिले फन पार्कका लागि ढुङ्गा बाट मुर्ति बनाउन थालेका छन् । नेपाल सहित भारत, जापान,जर्मन, बंगालादेश, ईटालि लगायत देशका ४२ जना कलाकारले मुर्ती बनाई रहेका छन । ढुंगाका मुर्ती बनाउनेमा जापानका नोरियो ताकाओका,भारतका अनुप गुप्ता,जर्मनीका पिटर हार्गेट, बंगलादेशका अभिजित कान्ति दास र इटालीका महिला मुर्तिकार माकि नारामुरा सहभागी छन् । यस्तै नेपाली मुर्तिकारहरू सुनिता राना, राजन काफ्ले ,सुदर्शन विक्रम राणा लगायतले मुर्ती धमाधम वनाईरका छन ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here