कांग्रेसका उम्मेदवारलाई मतदात गर्न आग्रह

0
83

विराटनगर, २१ पुस । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले राष्ट्रिय सभाको निर्वाचनमा राजनीतिक आस्थाबाटमाथि उठेर मतदान गर्न आग्रह गर्नु भएको छ । मुलुकमा सुशासनसँगै नागरिकले प्राप्त गरेको संवैधानिक अधिकार रक्षा गर्न र समृद्ध राष्ट्र निर्माण गर्न राष्ट्रिय सभाको निर्वाचनमा पार्टीको विचार भन्दामाथि उठेर मतदान गर्न उहाँको आग्रह छ । प्रेस युनियन मोरङले विराटनगरमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले नेकपाले दुईतिहाईको दम्भ देखाउँदै लोकतन्त्रको मर्म विपरित काम गरिरहेको आरोप लगाउनु भयो । ठूलो बलिदानीवाट आएको लोकतान्त्रिक संविधानले नेपाली जनतालाई दिएको अधिकारलाई समेत वर्तमान सरकारले कुन्ठीत गरिरहेका कारण राष्ट्रिय सभाको निर्वाचनमा कांग्रेसका उम्मेदारलाई मतदात गरेर विजयी बनाउन संग्रौलाले आग्रह गर्नु भयो । वर्तमान सरकारले मुलुकमा अराजकता मचाएर संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै बदनाम बनाउने काम गरिरहेको उहाँको आरोप छ । राष्ट्रिय सभामा विज्ञ र वुद्धिजिवीलाई पठाएर मुलुकमा लोकतन्त्र बलियो बनाउन कांग्रेसका उम्मेदवारलाई मतदान गर्नु पर्ने उहाको जिकिर छ । सरकारले जनताको मौलिक अधिकारमाथि एक दलिय शासन लाद्न खोजेकाले लोकतन्त्र बचाउन सबै एक ठाउँमा उभिनु पर्ने संग्रौलाको दाबी छ । सरकारले मुलुकमा संस्थागत रुपमा भ्रष्टचार गर्न संवैधानिक परिषदलाई कार्यकर्ता भर्ति केन्द्र बनाइरहेको उहाँले आरोप लगाउनु भयो । संवैधानीक परिषद्मा प्रतीपक्षको सन्तुलीत भूमिका रहनु पर्ने संवैधानिक मान्यता विपरित सरकारले विद्येयक ल्याएको उहाँको जिकिर छ । त्यस अवसरमा प्रदेश १ मा कांग्रेसका तर्फबाट राष्ट्रिय सभाका उम्मेदवार बनेकालाई सम्मान पनि गरिएको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here