कांग्रेसको गुमेको शाख फर्काउने कोइरालात्रयको दाबी

0
120

विराटनगर, २ मंसिर । नेपाली कांग्रेसका तीन कोइरालाले एउटै मञ्चमा उभिएर कांग्रेसको गुमेको शाख फर्काउने दाबी गरेका छन् । बीपी पुत्र शंशाक, नोना पुत्र डा. शेखर र गिरिजाप्रसादकी छोरी सुजता कोइराला एउटै मञ्चमा देखिएका हुन् । जिपी कोइराला फाउन्डेशनको प्रदेश नं. १ कार्यालय उद्घाटन कार्यक्रममा एकताको प्रतिकका रुपमा तीन कोइरालालाई आयोजकले एउटै माला लगाइदिएका थिए । कोइरालात्रयले एक ढिक्का भएर कांग्रेसलाई नेतृत्व प्रदान गर्ने दाबी गरेका छन् । महामन्त्री शशांकले कांग्रेस अझै बीपी र गिरिजाप्रसाद कोइरालाकै बाटोमा अगाडि बढ्ने बताउनुभयो । केन्द्रीय सदस्य डा. शेखरले कांग्रेसलाई सशक्त बनाउन कोइरालाहरु एक ठाउँमा उभिएको बताउनुभयो । कांग्रेसले प्रभावकारी रुपमा प्रतिपक्षको भूमिका समेत खेल्न नसकेको उनले बताउनुभयो । जीपी फाउन्डेशनकी अध्यक्ष सुजाता कोइरालाले समृद्ध नेपाल निर्माणमा सहयोग गर्न आफुहरु एक भएको बताउनुभयो । यसैविच नेपाली कांग्रेसले २०७० सालको संविधानसभा निर्वाचनमा टिकट नदिएपछि तत्कालीन माओवादीमा पुगेका नेता बाबुराजा ओझा फेरि कांग्रेसमै फर्किनु भएको छ । २२ वर्ष नेपाली कांग्रेसमा राजनीति गरेका उनी संविधान सभाको टिकट नपाएपछि तत्कालीन एकीकृत नेकपा (माओवादी) मा प्रवेश गरेर मोरङ क्षेत्र नम्बर ६ मा संविधानसभा सदस्यको उम्मेदवार बन्नु भएको थियो । ओझालाई तीन कोइराला नेताहरु शेखर, शशांक र सुजाताले एक साथ पार्टीमा स्वागत गरेका हुन् । ओझाले कांग्रेसमा फर्कने क्रममा असन्तुष्टिले माओवादीमा गए पनि आफ्नै घर प्यारो भन्दै त्यो भुललाई क्षमा गर्न आग्रह गर्नु भएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here