Tune to BFM 91.2|Biratnagar

कांग्रेसको प्रदेश– १ का केन्द्रीय सदस्यहरुको एकै स्वर : ओलीको छायाँलाई नजोगाऊ

काठमाण्डौं, ७ माघ । प्रदेश एकबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले शेरधन राई नेतृत्वको सरकारलाई जोगाउन नहुने बताएका छन् । प्रदेश– १ सरकारविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएपछि सभापति शेरबहादुर देउवाले आइतबार दिउँसो केन्द्रीय सदस्यहरुलाई बोलाएर छलफल गरेका थिए ।

छलफलमा सहभागी नेताहरुले अविश्वासको प्रस्तावका पक्षमा उभिनुपर्ने सुझाव दिएका छन । शेरधन राई नेतृत्वको सरकार केपी ओलीकै छाँया भएको बताएका उनीहरुले कांग्रेस अविश्वासको प्रस्तावमा उभिनुपर्नेमा जोड दिएका थिए । प्रदेश– १ बाटै प्रतिनिधित्वि गर्ने उपसभापति विजयकुमार गच्छदारले पनि प्रदेश– १ सरकारलाई समर्थन गर्न नसकिने बताउनु भएको थियो । पूर्वमहामन्त्री कृष्ण सिटौलाले पनि ओलीको कदमविरुद्ध सडकमा उत्रिएको कांग्रेस ओली खेमाको पक्षमा उभिन नहुने बताउनुभयो ।

नेता मिनेन्द्र रिजाल र गुरुराज घिमिरले भने अविश्वासको प्रस्तावमा उभिनु पर्ने र सकेससम्म कांग्रेसकै नेतृत्वमा सरकार बनाउने रणनीति तय गर्न सुझाव दिनु भएको थियो । देउवा पक्षीय नेता भिष्मराज आङदाङवेले समेत अविश्वासको प्रस्तावका पक्षमा मदतान गर्नुपर्ने राय दिनुभयो । छलफलमा कुनै निष्कर्ष भने ननिस्कएको नेता घिमिरले जानकारी दिए। एक दुई दिनमै थप छलफल गरेर आवश्यक निर्णय गरिने उहाँले बताउनुभयो । देउवाले बुढानिलकण्ठमा प्रदेश– १ सरकारबारे छलफल गरिरहँदा नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बागमती प्रदेश सरकारबारे छलफल भइरहेको थियो ।

मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध नेकपाकै प्रचण्ड–नेपाल समूहले अश्विासको प्रस्ताव दर्ता गराएपछिको अवस्थाबारे सिंहले बागमती प्रदेशबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने नेताहरुसँग छलफल गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button