कांग्रेसमा पदाधिकारी विवाद मिल्यो, ७ सहमहामन्त्रीमा आरक्षण

0
147

काठमाण्डौ, ६ पुस ।नेपाली कांग्रेसको पदाधिकारी संख्या १३ पुग्ने भएको छ । लामो रस्साकस्सीपछि शीर्ष नेताहरुले सहमहामन्त्रीको संख्या ७ पु¥याउने सहमति गरेका हुन् । अब उपसभापति र महामन्त्री २÷२ जना हुनेछन् भने सहमहामन्त्री ७ जना रहनेछन् । १३ पदाधिकारी मध्ये कोषध्यक्षबाट सबै निर्वाचित हुनेछन् । नेताहरुका अनुसार सहमहामन्त्रीमा आरक्षण हुनेछ । महिला, दलित, आदिवासी जनजाति, खासआर्य, मधेसी, थारु र मुस्लिम कोटाबाट ७ जना चुनिनेछन् । संविधानमा आरक्षणको ८ क्लस्टर रहेकोमा कांग्रेसले पिछडिएको क्षेत्र तथा अल्पसंख्यकलाई हटाएको छ । अब विधान संशोधन मस्यौदा समितिले केन्द्रीय कार्यसमितिमा प्रस्ताव लैजानेछ । त्यसपछि महासमिति बैठकमा विधान संशोधन प्रस्ताव पेश हुनेछ । यसअघि उपसभाति, महामन्त्री र सहमहामन्त्री २÷२ बनाउने सहमति भएको थियो तर, समावेशी नभएको भन्दै केन्द्रीय सदस्यहरुले विरोध गरेपछि पार्टी सभाति शेरबहादुर देउवा पछि हटेका थिए । हिजो उहाँले उपसभापति र महामन्त्री एक/एक मनोनित गर्ने प्रस्ताव ल्याए । वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलाले अस्वीकार गरेपछि आज नयाँ सहमति जुटेको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here