Tune to BFM 91.2|Biratnagar

कांग्रेस नेता कोइरालाद्वारा ३९ सय थान मास्क वितरण

विराटनगर, ९ चैत । विराटनगर महानगरपालिकाको वडा नम्बर १२ का विभिन्न टोलमा तीन हजार ९ सय थान मास्क वितरण गरिएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सो वडाका १३ वटा टोलमा मास्क वितरण गर्नुभएको हो । टोलगत रुपमा प्रतिनिधिमार्फत मास्क वितरण गर्ने प्रबन्ध गरिएको हो ।

कोइरालाले केही टोलहरुमा भने स्थानीयलाई आफैं गएर मास्क वितरण गर्नुभएको थियो । तर कोरोना संक्रमण खतराको बेला धेरै समूह भेला हुन नहुने भएकोले प्रतिनिधिमार्फत घर घर पुगेर मास्क वितरण गर्ने प्रबन्ध गरिएको कोइरालाले बताउनुभयो ।

उहाँले भन्नुभयोे,‘‘जनचेतनाका लागि मात्र मास्क र कोरोनाबाट बच्न सकिने उपाय छापिएको पर्चा लिएर टोल पुगेको हुँ ।’’ उहाँले यस्तो संकटको बेला सबैले आ–आफ्नो घरमा बस्नुपर्ने सुझाव दिनुभयो । नेपाली कांग्रेसका प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले जनचेतनाका लागि सानो प्रयास गरिएको बताउनुभयो ।

वडाका उत्तर बखरी, दक्षिण बखरी, पान्चाली, रोडशेष चौक, मझुवा, दरहैया, आदर्श टोल, गढा टोल, कोशी प्रोजेक्ट, सिकियाही, मलहनुवा, कृष्ण मार्ग र सगरमाथा टोलमा मास्कसंगै दुई दुई थान साबुन पनि वितरण गरिएको कांग्रेसका क्षेत्रीय सभापति जितेन्द्र गोल्छाले जानकारी दिनुभयो । मास्क वितरणलाई निरन्तरता दिइएने गोल्छाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button