कांग्रेस महसमिति बैठक शुरु

0
172

काठमाण्डौं, २९ मंसिर । नेपाली कांग्रेसको महासमिति बैठक काठमाण्डौमा सुरु भएको छ । आजदेखि काठमाण्डौमा सुरु महासमिति बैठकको सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको छ । महासमिति बैठकमा आर्थिक, सांगठनिक र राजनीतिक प्रतिवेदन पेश भएको छ । पार्टीको विधान पनि महासमिति बैठकमा छलफलका लागि पेस गरिनेछ । बैठकमा मुलुकभरबाट निर्वाचित महासमिति सदस्य तथा जिल्ला सभापतिहरु, भात्तृ र शुभेच्छुक संस्था, मनोनति महासमिति सदस्य, विदेशस्थित जनसम्पर्क समितिका प्रनिनिधि, निर्वतमान केन्द्रीय सदस्य तथा पर्यवेक्षक गरी १ हजार ७ सय जना प्रतिनिधि सहभागी छन् । केन्द्रीय सदस्य तथा महासमिति सदस्य नरहेका प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरु बैठकमा सहभागी भएका छन् । बैठक पुस ३ गते सम्म चल्ने छ । देउवा सभापतिमा निर्वाचित भएपछि पहिलोपटक महासमिति बैठक बसेको हो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here