कांग्रेस महाधिवेशन समयमै नभए पार्टी र लोकतन्त्र कमजोर हुन्छ : नेता केसी

0
62

विराटनगर, १९ फागुन । कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री अर्जुननर सिंह केसीले नेपाली कांग्रेसको १४ औं महाधिवेशन तोकिएकै समयमा नभए पार्टी र लोकतन्त्र नै कमजोर हुने जिकिर गर्नु भएको छ । विराटनगरमा नेपाल प्रेस युनियन मोरङले आज आयोजना गरेको पत्रकार भेटघाटमा समयावधि थप्न नहुने र महासमितिले दिएको म्यान्डेडलाई महाधिवेशनले मात्र परिवर्तन गर्न सक्ने प्राब्धान भएको उहाँले बताउनु भयो । सभापति शेरबहादुर देउवा भने पदाधिकारीको समयावधि बढाउने तयारीमा लागेको र त्यसको सबैतिरबाट विरोध हुन थालेको केसीको भनाइ छ । बहुमतका आधारमा तोडमोड गरी पार्टीको विधान पारित गरिए मान्य नहुने उहाँले बताउनु भयो । सरकार भ्रष्टाचारलाई बढावा दिने निकाय जस्तो भएको आरोप लगाउँदै बुढीगण्डकी, वाइडबडी खरिद, फोर जी इजाजत जस्ता विषयले नेपालकै बद्नामी भएको बताउनु भयो । एक अर्को प्रसंगमा पार्टीको सभापतिको उम्मेदवारको आकांक्षी आफू पनि रहेको भन्दै उहाँले तर सबैको सरसल्लाह र सहमतिमा मात्र निर्णय गर्ने जानकारी दिनु भयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here