काजलको घर बन्ने भो

0
63

मोरंगको जहदा –१ धुनीका अभिभावक विहिन ४ बालिकाका लागि घर निर्माण शुरु गरिएको छ । जीवन विकास समाज र ह्याविटेट फर ह्युम्यानिटीले संयुक्त रुपमा घर निर्माण शुरु गरेका हुन । आज विश्व स्वयंसेवक दिवसको अवसर पारि जनश्रमदानमा घर निर्माण शूरु गरिएको हो । करिव २ लाख ५० हजारमा निर्माण सम्पन्न हुनेगरि काम शुरु गरिएको जीवन विकास समाजका अध्यक्ष योगेन्द्र मण्डलले बताउनुभयो । जहदा १ धुनीका १५ बर्षीया काजल मुखिया, ९ वर्षीया रानी, ७ वर्षीया नेहा र ४ वर्षीया सुनेनाकी आमाको चार बर्षअघि मृत्यु भएको र बाबुले पनि छोडेर वेपत्ता भएपछि उनीहरु पालमा बस्दै आएका छन् । कागजले घाँस वेचेर दैनिकी चलाईरहेकी छिन् । घर निर्माणका लागि मामाले १० धुर जग्गा उपलब्ध गराएपछि घर निर्माण शुरु गरिएको हो । आवास विहिनहरुलाई अर्थपूर्ण आवास निर्माण गर्ने उद्देश्य सहित काम गर्ने गरिएको ह्याविटेट फर ह्युम्यानिटीका मोहम्वत नसिम सर्वरले बताउनुभयो । आफ्नो उमेरका साथीहरू किताब, कापी र कलमसहितको झोला बोकेर स्कुल जाँदा काजलले आफ्नोे मन चसक्क हुने गरेको बताईन । आफु पढ्न नपाएपनि वहिनीहरुलाई धेरै पढाउने इच्छा रहेको उनले बताईन । ३ जना वहिनीहरुलाई स्थानीय जनता बाल आधारभुत विद्यालयले पढ्नका लागि सम्पूर्ण सहयोग गरेको प्रधानाध्यापक वीरेन्द्रप्रसाद मण्डलले बताउनुभयो ।मोरङ र सुनसरीका विभिन्न ठाउँबाट घाँस ल्याएर नेपाल–भारत सीमा क्षेत्रमा बिक्री गर्नु काजलको दैनिकी बनेको छ । सनुसरीको अमडुवा फारमबाट घाँस काटेर सीमावर्ती बजार रानीमा बेच्ने गरेकी छन । घाँस बेचेर उनी दिनमा एक सय ५० देखि २ सय रुपैयाँ कमाउँछिन । घाँस वेचेर दैनिकी चलेपनि घर नहुँदा समस्या हुने गरेको उनी बताउँछिन । पहिले रोडमा बस्थ्यौं अव घरमा बस्ने भयौं काजल खुशी व्यक्त गरिन ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here