बिराटनगरबाट काठमाडौँ लगीएका बिरामीलाई कोरोना भाइरस नभएको पुष्टि
विराटनगर, २ चैत । कोभिड–१९ संक्रमणको आशङ्कामा झापाबाट हिजो काठमाडौँ लगीएका एक बिरामीलाई कोरोना भाइरस नभएको पुष्टि भएको छ ।
भद्रपुर–७ का ४२ वर्षीय व्यक्तिलाई सङ्क्रमणको आशङ्कामा विराटनगरस्थित नोबेल मेडिकल कलेजबाट काठमाडौँको धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा सिफारिस गरिएको थियो ।
ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेले ती बिरामीलाई कोभिड–१९ नभएको स्पष्ट पार्नुभयो ।
डा पाण्डेले ‘उनलार्ई जाँच गर्दा सामान्य रुघाखोकी र ज्वरो आएको भेटीएपनी कोभिड–१९ को सङ्क्रमण भने नदेखिएको बताउनु भयो ।’