Tune to BFM 91.2|Biratnagar

चोरीमा संग्लग्न ४ जना ईटहरीबाट पक्राउ

विराटनगर, १३ साउन । लुटपाट गर्ने उदेश्यले काठमाडौंबाट सुनसरी आईपुगेको डाँका समुहका चारजनालाई प्रहरीले इटहरीबाट पक्राउ गरेको छ ।

काठमाडौंबाट टाटा सुमो रिर्जभ गरेर डाँका समुहका ६ जना सुनसरी आईपुगेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोक रोसी गाउँपालिका-३ का ३६ बर्षीय जित बहादुर ट्वाटी श्रेष्ठ, रोसी गाउँपालिका-५ का २२ बर्षीय चिउनी भनिने युवराज लामा, भुङलो गाउँपालिका-८ का ३२ बर्षीय सुजन तामाङ भन्ने सन बहादुर लामा तामाङ र तिमाल गाउँपालिका-२ का २६ बर्षीय कमल लामा रहेको इटहरीका प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीले जानकारी दिनुभयो ।

प्रहरीले आज पत्रकार सम्मेलन गरेर चारैजनालाई सार्बजनिक गरेको हो ।श्रावण ९ गते धरानबाट ईटहरी आईरहेको बसमा सवार रहेका धरान उपमहानगरपालिका-८ का ५७ बर्षीय डम्बर प्रसाद बास्तोलाको साथमा रहेको ९७,६०० चोरी गरेको आरोपमा ४ जनालाई पक्राउ गरिएको हो ।

धरानका होटलमा कोठा लिएर बसेका डाँकाहरुले सुनसरी, मोरङ र झापाजिल्लामा लुटपाटको योजना बनाएको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button